सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यसरी हुँदैछ प्रधानमन्त्रीको उपचार, को हुन् प्रधानमन्त्रीलाई मिर्गौला दिने दाता ?

सोमबार, १९ फागुन २०७६, १५ : ३७
सोमबार, १९ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुँदैछन् । अस्पताल भर्ना हुनुअघि ओलीले विभिन्न मन्त्रीहरु र सचिवहरुलाई बालुवाटार बोलाएर आवाश्यक निर्देशन दिएका छन् । 
त्यस्तै अस्पताल भर्ना हुनुअघि प्रम ओलीले बालुवाटारमै राष्ट्रिय योजना आयोगको बैठक बसेर १५ औं योजना परित गरेका छन् ।

यसअघि दिल्लीमा मृर्गौला प्रत्यारोपण गरेका ओलीले दोस्रो प्रत्यारोपण भने स्वदेशमै गर्ने इच्छा जनाएपछि सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुँदैछन् । 
प्रधानमन्त्री ओलीले आइतबार नै आफूले बुधबार मृगौला प्रत्यारोपण गर्ने पार्टी सचिवालय बैठकमा जानकारी दिएका थिए । 

यसअघि फेरिएको मृगौलाले गत कात्तिकदेखि काम गर्न छोडेपछि ओलीले नियमित डायलाइसिस गराइरहेका थिए । ओलीको पहिलो पटक १३ वर्ष अगाडि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनले गत साउनयता नियमित डाइलायसिस समेत गर्दै आएका थिए । 

कसले दिँदैछ प्रधानमन्त्रीलाई मिर्गौला ? 


प्रधानमन्त्री ओलीलाई नातामा भाञ्जी पर्ने ३२ वर्षीय समीक्षा संग्रौलाले मिर्गौला दिन लागेकी हुन् । ओलीलाई मिर्गौला दाता समीक्षाको समेत स्वास्थ्य परीक्षण भइसकेको छ ।

 यसअघि ओलीलाई मिर्गौला दिन नेपालमा रहेकी भाञ्जी समीक्षा र अमेरिकामा रहेका भाञ्जा तयार भएको बताइएको थियो । ओली अमेरिका गएको खण्डमा भाञ्जाको मिर्गौला दिने तयारी भएपनि उनले नेपालमै प्रत्यारोप गर्ने भनेपछि नेपालमै रहेकी भान्जी समीक्षको मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । 

३२ वर्षीया समीक्षा झापा चारआलीकी बासिन्दा हुन् । उनी प्रधानमन्त्री ओलीलाई पहिला मिर्गौला दिने अन्जान घिमिरेकी भान्जी समेत हुन् । त्रिवि शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मिर्गाैला दिने महिलाको फाइल रेकर्ड बुक दर्ता गरेको छ । रेकर्डमा ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपी शर्मा ओली (मामा)’ भनिएको छ ।  यसैबीच समीक्षा सोमबार अपरान्ह अस्पताल पुगिसकेकी छन् । 

आवश्यक तयारी पूरा 
प्रधानमन्त्री ओलीको नीजि सचिवालयका अनुसार उनको मिर्गौला प्रत्यारोपणका लागि चिकित्सकहरुले आवश्यक तयारी पूरा गरिसकेका छन् । सोमबार र मंगलबार आवश्यक अब्जरभेसनमा राखेर बुधबार प्रत्यारोपणको तयारी भएको छ । 

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । 

युरोलोजी डिपार्टमेण्टका नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन् । चिकित्सकहरुले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेमा कम्तीमा १० वर्षका लागि समस्या नपर्ने बताएका अनुसार ओली स्वदेशमै मिर्गौला प्रत्यारोपाण गर्न तयार भएका हुन् । 

यसैबीच नयाँदिल्लीको अपोलो अस्पतालबाट ओलीको मिर्गौला प्रत्यारोपणका लागि दुईजना चिकित्सक पनि आउनेबारे छलफल भइरहेको बताइएको छ । पहिलो पटक १३ वर्षअघि अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरेका चिकित्सकहरु नै पुन नेपाल आउन लागेको भएपनि निश्चित भैनसकेको ओलीको सचिवालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप