मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसको असर : प्रदेश ५ को लगानी सम्मेलन रोकियो, मेला तथा महोत्सवमा बन्देज

सोमबार, १९ फागुन २०७६, १८ : ३०
सोमबार, १९ फागुन २०७६

बुटवल । कोरोना भाइरसको त्रासका कारण प्रदेश ५ सरकारले आगामी बैशाख ४ र ५ गते गर्ने भनिएको लगानी सम्मेलन स्थगित गरिएको छ । 

सोमबार बसेको प्रदेश मन्त्रपरिषद् बैठकले लगानी सम्मेलन स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए । 

सम्मेलनको मिति र आवश्यक तयारी समेत सुरु भइसकेको अवस्थामा कोरोनाको त्रासले रोक्नुपरेको उनले बताए । ‘सम्मेलनमा बाहिरी मुलुकका व्यक्तिहरु पनि आउनुपर्ने हुन्छ, त्यहि भएर हामीले रोक्ने निर्णय ग¥यौँ’, उनले भने । 

उनले भने, ‘अब कहिले गर्ने भन्ने अहिलेनै भन्न सकिन्दैन, कोरोनाको संसारभर प्रभाव कस्तो हुन्छ, त्यही अनुसार उपयुक्त समय मिलाएर पुनः मिति तोकिन्छ।’ 

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताइसकेको छ, सोही कारण उच्च सतर्कता पनि अपनाउन थालिएको छ । छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस अहिले विश्वभरका ५० भन्दा बढी देशमा पुगिसकेको छ ।

यसैबीच संघीय स्वास्थ्य मन्त्रालयले मेला–महोत्सव तथा भिडभाड हुने कार्यक्रम नगर्न अनुरोध गरेअनुरुप प्रदेश ५ का १२ वटै जिल्लामा मेला तथा महोत्सव गर्न रोक लगाइएको छ । 

सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत मेला तथा महोत्सव नगर्न र पहिले दिएको स्वीकृति पनि रद्द गर्ने निर्णय भएको मन्त्री चौधरीले जानकारी दिए ।

केन्द्र सरकारले कोरोनाबाट बच्नको लागि प्रयासहरु थालनी गरेको बताउँदै उनले त्यही अनुसार केन्द्र सरकारले पनि संयमता अपनाउन लागेको उनको भनाइ छ ।

यस्तै बैठकले प्रदेश विज्ञान प्रविधि स्थापना र सञ्चालन गर्न बनेको बनेको अवधारणापत्रलाई सैद्धान्तिकक स्वकृति प्रदान गरेको छ । 

यसको साथै सडक निर्माण तथा बिस्तार गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेश सभा समक्ष पेश गर्न स्वीकृति समेत बैठकले दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप