सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज मेघ गर्जनसहित चट्याङ र वर्षाको सम्भावना

मङ्गलबार, २० फागुन २०७६, ०८ : ०१
मङ्गलबार, २० फागुन २०७६

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ । भने अहिले देशभरीको मौसम सामान्यतया सफा रहेको छ ।  

महाशाखाका अनुसार मंगलबार दिउँसो देशको पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक र सामान्य बदली हुनेछ । पश्चिमी पहाडी भू–भागमा पनि आंशिक बदली हुनेछ ।

यसैगरी, तराईमा भने मौसम सामान्यतया सफा रहनेछ । मध्य र पूर्वी पहाडी भूभागका केही स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । 
 
राति भने  देशको पूर्वी तथा मध्यपहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भाग आंशिक बदली रहनेछ।  

तराई भू–भाग सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भू(भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ। 

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप