सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतीय चिकित्सक साँझ काठमाडौं आइपुग्ने, ओलीको मिर्गौला प्रत्यारोपण भोलि बिहान ९ बजेदेखि

मङ्गलबार, २० फागुन २०७६, १७ : ०४
मङ्गलबार, २० फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि दुई जना भारतीय चिकित्सक नेपाल आउने भएका छन् ।

भारतीय चिकित्सक प्रा डा अनन्तकुमार र अर्का एक जना मंगलबार साँझसम्म नेपाल आइपुग्ने टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाले जानकारी दिए । 

उनका अनुसार मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गर्नेछन् । 

ज्ञवाली नेतृत्वको टीमले प्रधानमन्त्री र शर्मा नेतृत्वको मिर्गौला दान दिने समीक्षा संग्रौला ज्ञवालीको शल्यक्रिया गर्नेछ ।

 प्राडा ज्ञवालीको ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहनेछन् । 

ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा अनन्तकुमारले नै गरेका थिए । 

यसैबीच प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार बिहान ९ बजेदेखि  सुरु गर्ने तयारी भएको छ । 

बेलुका भारतीय चिकित्सक समेत आइपुगेपछि सबै चिकित्सकको टीम बसेर छलफल गरी अन्तिम निर्णय गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप