मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चीन र कोरियाबाट फर्किएका ४ नेपालीमा भटिएन कोरोना

मङ्गलबार, २० फागुन २०७६, २२ : ०४
मङ्गलबार, २० फागुन २०७६

चीन र दक्षिण कोरियाबाट फर्किएका चार नेपाली कोरोना भाइरसबाट सङ्क्रमित नभएको पाइएको छ । 

दक्षिण कोरियाबाट फर्किएका चार तथा चीनबाट फर्किएका एक नेपालीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । 

कोरियाबाट फर्किएका तीन तथा चीनबाट फर्किएका एक जनामा कोरोना भाइरसको परीक्षण नतिजा ‘नेगेटिभ’ भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख सागर दाहालले जानकारी दिए । 

    “चारजनाको स्वास्थ्य परीक्षण नतिजा नेगेटिभ पाइयो, कोरियाबाट फर्किएका एक जनाको स्वास्थ्य रिपोर्ट आउन बाँकी छ”, उनले भने । उनीहरुमा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि ‘आइसोलेसन’मा राखिएको थियो । चीनबाट घर फर्किएकालाई शनिबार तथा कोरियाबाट फर्किएकालाई आइतबार आइसोलेसनमा राखिएको थियो । “चारै जना घर फर्किएका छन्”, केन्द्रका प्रमुख दाहालले  भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप