आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य एकै दिन २२०० ले बढ्यो, तोलामा ८० हजार ५०० पुग्यो

बुधबार, २१ फागुन २०७६, १२ : ०४
बुधबार, २१ फागुन २०७६

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २२०० ले बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन रु २२०० ले बढेर तोलामा ८० हजार ५०० रुपैयाँमा कारोबार भएको हो । 
यसअघि मंगलबार सुन तोलामा ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजावी सुन तोलामा ८० हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यता बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ८६० रुपैयाँ प्रतितोलाका दलले कारोबार भएको चाँदी बुधबार ८८० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप