सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

बुधबार, २१ फागुन २०७६, १२ : ४६
बुधबार, २१ फागुन २०७६

काठमाडौं । महोत्तरी र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । 

महोत्तरीको पिपरा गाउँपालिका-४ हनुमान मन्दिरस्थित सडकमा ना.१ क ५८२६ नम्बरको टिपरले बीआर ३० एक्स ७७०२ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सम्सी गाउँपालिका-५ पोखरभिण्डा बस्ने ३५ वर्षीय कालिचरण यादवको मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीया सुधा यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१९ मिलन चोकस्थित सडकमा को.१ ख २९१७ नम्बरको टिपरले प्रदेश १-००२ ह ८६०६ नम्बरको टेम्पोलाई मंगलबार राति ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अटो चालक ग्रामथान-२ बस्ने  ४५ वर्षीय बाबुराम सरदार र उनकै नातिनी ६ वर्षीया सबिता सरदार रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप