सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अप्रेशन थिएटरमा जानुअघि प्रधानमन्त्रीले भने– म ढुक्क छु

बुधबार, २१ फागुन २०७६, १३ : ०४
बुधबार, २१ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण जारी रहेको छ । त्रिवि शिक्षण अस्पतालको क्याबिन नम्बर ६०१ बाट अपरेशन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले आफ्नै देशको माटोमा आफू भएकाले ढुक्क रहेको बताएका छन् । 

ओलीले चिकित्सकहरुसँग कुरा गर्दै आफूलाई केही नहुने र छिट्टै स्वस्थ भएर काममा फर्किने बताए । ओलीको भनाइ उदृत गर्दै उपचारमा संलग्न एक चिकित्सकले भने, ‘आत्तिनु पर्दैन, मलाई राम्रो हुन्छ । म आफ्नै देशको माटोमा छु ।' 

उनले स्वदेशमै उपचार हुने भएकाले ढुक्क रहेको पनि पटक पटक दोहोर्याएका थिए ।  

 बिहान १० बजे अप्रेशन थिएटरमा प्रवेश गरेका ओलीको अपरान्ह करीब ४ बजेसम्म अप्रेशन चल्ने बताइएको छ । 

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले समय–समयमा स्वास्थ्य अवस्थाबारे जानकारी गराइरहने बताए ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले प्रत्यारोपण गरिरहेको छ। प्रत्यारोपणका लागि उनलाई आवश्यक औषधिहरु दिइएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ । 

विभिन्न विषयका विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिएको समेत अस्पतालले बताएको छ । प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परीक्षणहरु गरिएको थियो । त्यस्तै स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहको र विशेषज्ञहरुको निरन्तर निगरानीमा रहेको अस्पतालले बताएको छ ।

यसैबीच ओलीको लागि मिर्गौला दान गरेकी भाञ्जी समीक्षा संग्रौलाको पनि सँगै शल्यक्रिया भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप