सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई अप्रेशन थिएटरबाट पोस्ट अपरेटिभ वार्डमा सारियो

बुधबार, २१ फागुन २०७६, १५ : ४८
बुधबार, २१ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पताल उच्च स्रोतका अनुसार ओलीलाई केहीबेरअघि अप्रेशन थिएटरबाट निकालेर पोस्ट अपरेटिभ वार्डमा सारिएको छ । यस्तै ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलालाई पनि पोस्ट अपरेटिभ वार्डमा सारिएको छ । 

प्रधानमन्त्री ओलीले बुधबार बिहान १० बजेदेखि अप्रेशन सुरु गरिएकोमा करिब ३ बजेतिर अप्रेशन सकिएको स्रोतको भनाइ छ । उनको अप्रेशनमा संलग्न एक चिकित्सकका अनुसार ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । 

यसैबीच ओलीको मिर्गौला प्रत्यारोपणबारे अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी गराउँदै छ । 

प्राध्यापक डा अरुण शायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट भएको छ । 

ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

 मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गरेका हुन् । 
यस्तै  ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहेका थिए । 

ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा अनन्तकुमारले नै गरेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप