कास्कीमा सार्वजनिक भेला र मेला नगर्न प्रशासनको आग्रह
बुधबार, २१ फागुन २०७६, १५ : ४८
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले धेरै मानिस जम्मा हुने किसिमका सार्वजनिक कार्यक्रमहरु नगर्न आग्रह गरेको छ ।
नोवेल कोरोना भाइरस संक्रमण फैलनबाट घटाउन तथा जोखिम कम गर्न उच्च सतर्कता अपनाउन जिल्लाबासिलाई अग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार सुचना जारी गर्दै धेरै भिडभाड तथा व्यापक जनसमुदाय उपस्थित हुने सार्वजनिक स्थानमा भेला, मेला, जमघट समारोहजस्ता कार्यक्रम नगर्न अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अबलम्बन गर्दै व्यक्तिगत सरसफाईमा ध्यान दिन आग्रह गरेको छ । पोखराका ४ अस्पतालमा कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै ६० शैयाको आइसोलेसन बेड समेत तयारी अवस्थामा राखेको छ ।