सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई पोस्ट वार्डमा सारिएपछि डाक्टरहरु छलफलमा

बुधबार, २१ फागुन २०७६, १६ : ०७
बुधबार, २१ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोस्ट अपरेटिभ वार्डमा सारिएपछि चिकित्सकहरु छलफलमा बसेका छन् । प्रधानमन्त्रीको अबको उपचार प्रक्रिया कसरी अघि बढाउने भन्नेमा योजनामा बनाउन चिकित्सकहरु छलफलमा बसेका हुन् । 

 मिर्गौला प्रत्यारोपणको नेतृत्व शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा डा उत्तमकुमार शर्मा र सोही विभागका वरिष्ठ सर्जन प्रा डा प्रेमराज ज्ञवालीले गरेका हुन् । 
यस्तै  ‘ब्याक सपोर्ट’मा भारतीय चिकित्सक अनन्तकुमार रहेका थिए । 

ओलीको ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँदा डा अनन्तकुमारले नै गरेका थिए । 

अहिले भारतीय डाक्टर अनन्तकुमार र नेपाली चिकित्सक टोलीबीचको छलफल भइरहेको हो । 

स्रोतका अनुसार प्रधानमन्त्रीको अपरेशन सफल भएपछि पनि उनलाई पहिलेकै अवस्थामा फर्काउन प्रभावकारी उपचार योजना चाहिन्छ । स्रोतका अनुसार अहिले प्रधानमन्त्रीको प्रत्यारोपण गरिएको मिर्गौलाको काम गरेको छ भने उनले पिसाव पनि गरेका छन् । तर ४ दिनसम्म उनको स्वास्थ्य अवस्था ‘रिस्क जोन’ मै रहने भएकाले चिकित्सकको विशेष निगरानीमा उपचार गर्न चिकित्सकहरु छलफलमा जुटेका हुन् । 

चिकित्सकहरुको बैठक सकिएपछि चित्रि शिक्षण अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पत्रकार सम्मेलनमार्फत थप जानकारी दिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप