सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षाको स्वास्थ्य अवस्था सामान्य

बुधबार, २१ फागुन २०७६, १७ : ४४
बुधबार, २१ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था सामान्य रहेको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जले जनाएको छ । समीक्षा प्रधानमन्त्री ओलीको ‘भान्जी’ भएको बताइएको छ । 
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले समीक्षाको अवस्था सामान्य रहेको बताए । 

त्रिवि शिक्षण अस्पतालमा ओलीको दोस्रो पटक सफल मृगौला प्रत्यारोपण गरिएको हो । अहिले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको कार्यकारी निर्देशक खड्गाले बताए । 

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण शल्यचिकित्सा टोलीमा प्रा.डा.उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली र अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो । 

त्यसैगरी मृगौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा.डा. दिब्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली लगायतको टोली सहभागिता थियो । 

कार्यकारी निर्देशक डा. खड्काका अनुसार एनेस्थिेसिया तथा क्रिटिकल केयर तर्फ डा. अनिल श्रेष्ठ र प्रा.डा. सुवास आचार्य लगायतको टोलीको सहभागिता रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप