मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना, ४ जनाको मृत्यु
बुधबार, २१ फागुन २०७६, १९ : ५०
काठमाडौं । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा बस दुर्घटना भएको छ ।
बुधबार साझा जन्ती बोकेको ना ३ ख ३५५६ बस दुर्घटना भएको मकवानपुर प्रहरी प्रमुख सुशील सिंह राठौरले रातोपाटीलाई जानकारी दिए ।
दुर्घटनामा ४ जनाको मृत्यु भएको राठौरले पुष्टि गरेका छन् । दुर्घटनामा परी १८ जना घाइते भएका छन् । मृत्यु हुनेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
उनले उद्दार कार्य जारी रहेको बताए । मान्छे धेरै च्यापिएको भन्दै मृतकको संख्या बढ्न सक्ने उनले बताए । उनका अनुसार घटनाको थप विवरण आउन बाँकी छ ।