सरुमारानीका २ घर–गोठ जलेर नष्ट
बुधबार, २१ फागुन २०७६, २३ : ०१
प्यूठान । सरुमारानी १ बाङ्गेसालका दुई घर र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट मिया टोलका खगि मियाको घर गोठ र कस्मीरा मियाको घर जलेर नष्ट भएको हो । घर नजिक रहेको बिद्युतको तार सर्ट भइ बुधबार करिब दिउँसो १ वजे सल्किएर आगलागी भएको प्रहरी स्रोतले जनाएको छ । दुई घर र एक गोठमा भएको आगलागीबाट २३ लाख बराबरको क्षति भएको प्रहरी चौकी ढुंगेगाढी दरभानका प्रहरी सहायक निरिक्षक खेमराज बुढाथोकीले जानकारी दिए ।
गाउँपालिकाले प्रति घर परिवार २० हजारका दरले राहत प्रदान गरेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिए । स्थानीय,नेपाल प्रहरी,नेपाल रेडक्रस सोसाइटी बाङ्गेसाल उपशाखा लगायतको सक्रियतामा आगो नियन्त्रणमा लिएका थिए ।