दोलखा केन्द्रबिन्दू भएर भूकम्प
बुधबार, २१ फागुन २०७६, २३ : ०३
काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ ७ बजेर १७ मिनेट जाँदा दोलखाको बुलुङ आसपास केन्द्रबिन्दु बनाएर ४.३ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालको भूकम्पकै पराकम्प हो । २०७२ विनाशकारी भूकम्प गएको ५ वर्ष पुग्न लाग्दा पनि पराकम्प जान छाडेको छैन ।