आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा ८० हजार ७०० पुग्यो

बिहीबार, २२ फागुन २०७६, १२ : २०
बिहीबार, २२ फागुन २०७६

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च रहेर तोलामा ८० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । 

नेपाल सुनचाँदी व्यावसयी महासंघका अनुसार बुधबार तोलामा ८० हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार रु २०० बढेर ८० हजार ७०० रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो । 

यस्तै तेजावी सुन तोलामा ८० हजार ४०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ । 

बिहीबार चाँदी बुधबारकै मूल्य ८८० रुपैयाँमा कारोबार भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप