सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तान र जापानका प्रधानमन्त्रीले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

बिहीबार, २२ फागुन २०७६, १६ : ४७
बिहीबार, २२ फागुन २०७६

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खान, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा जापानका प्रधानमन्त्री सिन्जो आवे र भुटानका प्रधानमन्त्री लोते छिरिङले स्वास्थ्य लाभको कामना सहितको सन्देश पठाएको जानकारी दिए ।

त्यस्तै चीन, पाकिस्तान र जापानका राजदूतले पनि प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको सल्लाहकार थापाले जानकारी दिए । 

‘प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपणपछि देशभर खुशी र उत्साह छाएको छ’, थापाले भने । 

प्रधानमन्त्री केपी ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्रत्यारोपणपछि प्रम ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुदै गएको तथा दोस्रो दिनबाट ओलीले तरल र नरम आहार दिन थालिएको अस्पतालले जनाएको छ । प्रमलाई मिर्गौैला दता समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालको अपडेट बुलेटिनमा उल्लेख छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप