आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

बिहीबार, २२ फागुन २०७६, १९ : २८
बिहीबार, २२ फागुन २०७६

बुटवल । रुपन्देहीको तिलोत्तममा मोटरसाइकलको ठक्करबाट आज १ साइकलयात्रीको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको  तिलोत्तममा वडा नम्बर ६ मा सो दुर्घटनामा परि गम्भीर घाइते भएका ऋषिराम पौडेलको उपचारका क्रममा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टाराईका अनुसार बुटवलबाट भैरहवा जादैँ गरेको लु ४७ प ३८३३ नम्बरको मोटसाइकलले सोही दिशामा गइरहेको साइकललाई ठक्कर दिँदा  तिलोत्तमा बस्ने पौडेलको मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा छ भने घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप