आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टुसालको गोल वर्षा

बिहीबार, २२ फागुन २०७६, १९ : ४०
बिहीबार, २२ फागुन २०७६

काठमाडौं । टुसाल युवा क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा गोल बर्षा गरेको छ । एन्फा कम्प्लेक्समा बिहिबार भएको खेलमा टुसालले झम्सीखेल युवा क्लबलाई ५–० गोलले हरायो ।

टुसालको जितमा मोहित गुरुङ र एलोन राईले दुई दुई  गोल गरे । भुपेन्द्र शाहीले एक गोल गरेका थिए ।

झम्सीखेलले गोल गर्न लायक एउटा पनि अवसर बनाउन सकेन । चैत २३ गतेसम्म सञ्चालन हुने लिगमा ‘बी’ डिभिजनमा रहेका १२ क्लबको सहभागिता रहेको छ ।

लिगको विजेता टोलीले १५ लाख, उपविजेताले १० लाख र तेस्रो हुनेले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ ।

लिग विजेता टोली ‘ए’ डिभिजनमा बढुवासमेत हुनेछ । अन्तिममा रहने टोली रेलिगेसनमा पर्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप