आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाको सन्त्रासका कारण ‘म यस्तो गीत गाउँछु–२’ को रिलिज स्थगित

शुक्रबार, २३ फागुन २०७६, १८ : ५०
शुक्रबार, २३ फागुन २०७६

काठमाडौं । अहिलेसम्म नेपालमा कोरोना भाइरस देखिएको त छैन । तर पनि यसको प्रभाव बिभिन्न क्षेत्रमा पर्न थालेको छ । कोरोनाबाट सतर्क रहन भन्दै पूर्वनिर्धारित कार्यक्रमहरु एकएक गर्दै स्थगित हुन थालेका छन् । यस्तैमा ३० फागुनबाट सर्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले पनि आफ्नो रिलिज स्थगित गरेको छ । 

निर्माण युनिटले एक बिज्ञप्ति जारी गरि अहिलेलाई फिल्मको रिलिज स्थिगित भएको जनाएको हो । कोरोनाबाट बच्न जिल्ला प्रशासनले आवश्यक काम बाहेक बाहिर ननिस्कन, भीड भाडमा नजान र धेरै मानिस भेला हुने कार्यक्रम नगर्न सूचना जारी गरेको र नेपाल चलचित्र निर्माता संघले समेत सम्भव भएसम्म छायाँकन रोक्न सूचना जारी गरेको अवस्थामा कोरोना भाइरसबाट फिल्मको कारणले कसैलाई असर नहोस् भनेर रिलिज अहिलेलाई रोकिएको फिल्म निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनको विज्ञप्तिमा उल्लेख छ ।

‘म यस्तो गीत गाउँछु २’ मा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ । सुदर्शन थापाको निर्देशन रहेको फिल्म अभिनेत्री पूजा र निर्देशक सुदर्शनले नै मिलेर बनाएका हुन् । फिल्ममा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप