मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसः मान्छेबाट जनावरमा सर्‍यो

शनिबार, २४ फागुन २०७६, ११ : ०५
शनिबार, २४ फागुन २०७६

एजेन्सी । हङकङका एक जना कोरोनाभाइरस संक्रमित मानिसका कुकुरलाई समेत कोरोनाभाइरस लागेको पाइएको छ । यस प्रकरणलाई हङकङका स्वास्थ्य अधिकारीले बुधबार पुष्टि गरे ।

यो घटना मानिसबाट जनावरमा रोग सरेको पहिलो घटना हो । 

‘पोमेरियन’ नाम रहेको त्यस कुकुरलाई अघिल्लो शुक्रबार लक्षण देखिएको आशंकामा परिक्षण गरिएको थियो । सुरुमा कुकुरको शरिरको बाहिरी सतहमा मानिसको संक्रमित पदार्थ झरको तर उ आफैमा संक्रमण नभएको आशंका गरिएको थियो । 

अहिले विज्ञले कुकुरमा ‘न्युन स्तरको संक्रमण’ देखिएको बताएका छन् । अब संक्रमित कुकुरलाई कृषि, माछापालन र संरक्षण विभागमा थप परिक्षणको लागि क्वारेन्टाइनमा राखिनेछ । 

हङकङको स्वास्थ्य मन्त्री सोफिया च्यान–चीले नियमित पत्रकार ब्रिफिङमा कुकुरमा मानिसबाट कोरोना सरेको बताइन् । 

पछि एक वक्तव्य जारी गर्दै स्वास्थ्य मन्त्रालयको प्रवक्ताले कुकुरको सरसफाइमा ध्यान दिए कुकुरधनीले धेरै चिन्ता गर्नु नपर्ने बताइन् । 

कुकुरको संक्रमणलाई नजिकबाट निगरानी गरेको विश्व स्वास्थ्य संगठनले पनि कुकुर कोरोनाभाइरसबाट सक्रमित भएको पुष्टि गरे । तर संगठनका अनुसार घर पालुवा कुकुरबाट अरुमा संक्रमण भएको प्रमाण भेटिएको छैन । 

जनावर विज्ञले पनि घरपालुवा जीवबाट मानिसमा कोरोनाभाइरस सरेको प्रमाण नभेटिएकाले डराउनुपर्ने अवस्था नरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप