सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, 'नर्मल' खाना दिन थालियो

शनिबार, २४ फागुन २०७६, १६ : ५२
शनिबार, २४ फागुन २०७६

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरेको ४ दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामान्य खाना दिन थालिएको अस्पतालले जनाएको छ । 

अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्काले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रम ओलीको स्वास्थ्य स्थितिमा राम्रो सुधार भइरहेको जानकारी दिएका छन् । 

यस्तै ओलीलाई सामान्य हिँडडूल गराउनुका साथै फिजियोथेरापीलाई पनि निरन्तरता दिइएको विज्ञप्तिमा उल्लेख छ । 

यसैबीच प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौला स्वास्थ्य अवस्थापनि सामान्य बन्दै गएको र सामान्य खान दिन थालिइएको अस्पतालले जनाएको छ । 

प्रधानमन्त्री ओलीको गत बुधबार मिर्गौला प्रत्योरोपण गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप