मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

माफियालाई कुनै हालतमा छोडिन्न : प्रभुु साह

शनिबार, २४ फागुन २०७६, १९ : १२
शनिबार, २४ फागुन २०७६

रौतहट । नेकपा प्रदेश २ का अध्यक्ष तथा संघीय सांसद प्रभु साहले माफियाहरुलाई कुनै पनि हालतमा छुट नदिने बताएका छन् । रौतहटको गरुडा नगरपालिका ५ शिवनगरस्थित ‘विकासका लागि, सर्वपक्षीय भेला’ विषयक अन्तरक्रिया कार्यक्रममा समाजलाई माफिया मुक्त बनाउनुु पर्ने बताए ।

जिल्लाको धार्मिकस्थल शिवनगर मन्दिरलाई निजीकरण गरिनु दुखद भएको उनको भनाइ छ । धार्मिक तथा सार्वजनिक सम्पत्ति व्यक्तिगत बनाउन खाज्नेलाई कानुुनी कठघरामा ल्याउने सांसद साहले प्रतिवद्धता जनाए ।
कार्यक्रममा प्रदेश २ का प्रदेश  सांसद कुुन्दन कुशवाहाले शिवनगर महादेव स्थानलाई निजीकरण गर्ने खेलमा ठूला माफियाको चलखेल भइरहेको दावी गरे ।

 
जिल्लाको इशनाथ मन्दिरको जग्गा गुठी संस्थानको रेकर्डमा हजार विगहाभन्दा बढी जग्गा रहे पनि पछिलोसमय अधिकांश जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको छ । कर्णाटकालिन इशनाथ मन्दिर नजिकै रहेको माध्यामिक विद्यालय औरैयाको नाममा दर्ता रहेको  जग्गा पनि भुमाफियाहरुले व्यक्तिको नाममा गराइएको उनले स्पस्ट पारेका थिए । 


त्यतीमात्र होईन सिंगो मुलुुकको चिनारी जनकपुर स्थित जानकी मन्दिरको जग्गा समेत भुमाफियाहरुले व्यक्तिको नाममा गराइएको प्रती सांसद कुश्वाहाले प्रदेश सरकार र संघिय सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । 
 शिवनगर महादेव स्थान ईशनाथ मन्दिर र औरैया माबी,जनकपुरको जानकी मन्दिरको जग्गा बेच्नेहरुको  वालुवाटारको जग्गा  बेच्नेहरु संग प्रत्यक्ष सरोकार रहेको प्रदेश सांसद कुन्दन कुश्वाहाको भनाई छ  । 

सोही माफिया अहिले शिवनगर महादेव स्थानको जग्गा  व्यक्तिको नामको गराउन लागिपरेको प्रती आक्रोस ब्यक्त गर्दै सांसद कुश्वाहाले यस्ता दुष्प्रयासलाई कुुनै पनी हालतमा सफल हुन नदिने प्रतिवद्धता जनाएका छन । 
शिवनगर महादेव मन्दिर रौतहटको मात्र नभइ छिमेकी जिल्ला बारा, पर्सा, सर्लाही र सिमावर्ती भारतीयको समेत धरोहर रहेकाले यसलाई बेच्नेविरुद्ध सबै एकजुट हुन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप