सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आइतबारको मौसम कस्तो रहला ?

आइतबार, २५ फागुन २०७६, ०७ : ४९
आइतबार, २५ फागुन २०७६

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको प्रभाव परेको छ । 

महाशाखाले यतिबेला देशको पूर्वी र पश्चिमी पहाडी भेगमा आंशिक बदली भइरहेको जनाएको छ ।  

आज दिउँसो भने देशको पूर्वी र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । यसैगरी, पश्चिमी र पूर्वी भूभागका केही स्थानमा क्षणिक वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।  

राति भने देशको पहाडी क्षेत्रहरुमा आंशिक बदली हुने र बाँकी स्थानहरुमा मौसम सफा रहने छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप