होली समेटेर झोकिलाल सिंहको नयाँ म्युजिक भिडियो
आइतबार, २५ फागुन २०७६, १२ : १३
बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका–६ निवासी गायक झोकिलाल सिंह तथा लहान निवासी गयिका पुनम बिकेको स्वर तथा झोकिलाल सिंहको अभिनयसमेत रहेको होलीको नयाँ म्युजिक मिडियो सार्वजनिक भएको छ । मिथिलाञ्चलमै सबैभन्दा बढी लगानी गरिएको ‘सररर होली’ बोलको मैथली म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गीतमा होलीको पहिचान झल्काउने किसिमको पोशाक, मिथिलाको लोप हुँदै गएको संस्कृति ‘जोगिरा सररर’ लाई उजागर गरिएको छ । होली पर्वलाई मिथिलाञ्चलमा मायाप्रेम र आपसी सद्भावको रुपमा लिने गरिन्छ । गीतका रचनाकार कुन्दन गुप्ता छन् भने संगीत पारसमणीको रहेको छ ।
गीतको म्युजिक भिडियोमा सुनिल चौधरी, रोजिना क्षेत्री, राजकुमार सिंह लगायतको अभिनय छ । लक्षु गौतमको निर्देशनमा तयार भएको सो म्युजिक भिडियो
युट्युब च्यानल ‘मैथली खुशी’ मार्फत सार्वजनिक गरिएको हो ।