सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बिरामी भान्जीलाई प्रधानमन्त्री मामाको चिन्ता

आइतबार, २५ फागुन २०७६, १४ : ४४
आइतबार, २५ फागुन २०७६

काठमाडौं । समीक्षा संग्रौला जसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गरिन् ।

 हाल संग्रौला र प्रधानमन्त्री केपी ओली दुवै जना महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । 

दुवैको स्वास्थ्य अवस्था सुधारोन्मुख भइरहेको छ । तर प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समीक्षालाई आफ्नो भन्दा बढी मामा प्रधानमन्त्री ओलीको चिन्ता छ । 

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार भान्जी समीक्षालाई भेट्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ‘प्रधानमन्त्रीज्यूलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलालाई सोधें–कस्तो छ ? मलाई त ठिक छ, मामालाई चाहिँ कस्तो छ ?’ समीक्षाको चिन्ता उद्धृत गर्दै सल्लाहकार रिमालले ट्वीट गरेका छन्, ‘एकपटक मामालाई भेट्न मन लागेको छ ।  मैले भनेँ–तपाईं पहिलो भिजिटर हुुनुहुनेछ । 
‘आफ्नो भन्दा प्रमको स्वास्थ्यको चिन्ता लिने उहाँको भावनाप्रति सम्मान प्रकट गर्दै वार्डबाट बाहिरएँ’, रिमालले समीक्षाप्रति सम्मान प्रकट गर्दै लेखेका छन् । 

गत बुधबार समीक्षाको एक मिर्गौला प्रधानमन्त्री ओलीलाई प्रत्यारोपण गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप