सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संसदीय टोली र युएईमा रहेका नेपालीबीच भेटघाट- सुझाव भन्दा आलोचना धेरै

आइतबार, २५ फागुन २०७६, १५ : ३०
आइतबार, २५ फागुन २०७६

युएई । खाडी मुलुकमा रहेका घरेलु कामदारको स्थलगत अध्ययनका लागि युएई आएका संसदीय टोलीसँग युएईमा रहेका नेपालीहरुले भेट गरेका छन्।

भेटमा सहभागीहरूले घरेलु कामदार, भिजिट भिसा , मानव तस्कर र हुण्डीका विषयमा नेपाल सरकार र सम्बन्धित देशमा रहेका नेपाली दूतावासको कमजोरीको खुलेरै आलोचना गरेका थिए।

मध्यपूर्वका देश ओमान र साउदी अरबको भ्रमण सकेर गत शुक्रबार युएई आइपुगेको संसदीय टोलीले शनिबार नेपाली दूतावास आबुधावीमा भएको भेटघाटमा सहभागीहरुले अरु देशभन्दा युएईमा घरेलु कामदार सुरक्षित भएकाले वैधानिक रुपमा यूएई आउन र नेपाल फर्किने वातावरण सिर्जना गर्न सम्बन्धित निकायसँग माग राखेका हुन्।

भेटघाट क्रममा सहभागी नेपालीहरुले घरेलु कामदारको वर्षौ‌ंदेखिको समस्या समाधान गर्न, भिजिट भिसालाई व्यवस्थित गर्न, मानव तस्कर र हुण्डी व्यवसायीलाई निस्कृय बनाउने, समस्यामा परेका कामदारको उद्धारमा सक्रिय बन्न पनि सरकारलाई सुझाव दिए।

घरेलु कामदारको लागि युएई सुरक्षित 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले यूएईमा घरेलु कामदार सुरक्षित रहेको बताएका छन् । उनले भने,साउदी अरबमा अझै पनि जोखिमपूर्ण अवस्था रहेछ,हामीले साउदीमा कार्यरत कामदारहरूसँगको छलफल गर्यौ। त्यहाँ कार्यरत कामदारले घरेलु कामदार ल्याउन नहुने धारणा राखेको उनले जानकारी दिए । घरेलु कामदार प्रतिवन्ध फुकुवा गर्नेबारे उनले कामदार कार्यरत देशअनुसार निर्णय हुन सक्ने बताए।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले यूएई कानुनतः सुरक्षित र बलियो भएको भन्दै कामदार हकअधिकारको संरक्षणका लागि यहाँ अलग्गै व्यवस्था भएकोले त्यसतर्फ खासै चिन्ता लिनु नपर्ने बताए। उनले कसैको दबाब र प्रभावमा परेर घरेलु कामदारमाथिको प्रतिबन्ध खोल्ने वा बन्द गर्ने भन्ने विषय नभएको बताए।

ओमन,साउदी अरब हुँदै गत शुक्रबार यूएई आइपुगेको संसदीय भ्रमण टोली फाल्गुन २८ मा स्वदेश फर्कछ भने कोरोना भाइरसको सङ्क्रमणको कारण कुबेत भ्रमण रद्द गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप