मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

के गर्मी लागेपछि पनि जारी रहन्छ कोरोनाभाइरसको संक्रमण ?

आइतबार, २५ फागुन २०७६, १५ : ४१
आइतबार, २५ फागुन २०७६

कोरोनाभाइस एउटा निश्चित तापक्रममा तीव्र विस्तार हुने एउटा चिनियाँ अध्ययनले देखाएको छ । 

ग्वाङ्झाउस्थित सन यात सेन विश्वविद्यालयको एक अनुसन्धान समूहले उक्त अध्ययन गरेको थियो । 

अध्ययनकर्ताले नयाँ कोरोनाभाइरसको विस्तारमा तापमान परिवर्तन र ऋतु परिवर्तनको असर मूल्यांकन गरेका थिए । 

अध्ययनपछि उक्त अनुसन्धान समूहले भाइरस तापमानको घटबडमा अत्यन्त संवेदनशील रहेको पत्ता लगायो । 

ग्वाङझाउ अनुसन्धान समूहले जनवरी २० र फेब्रुअरी ४बीचमा विश्वभर भेटिएका सबै कोरोनाभाइरसको स्याम्पललाई अध्ययनमा प्रगोग गरेको थियो । 

त्यसपछि तिनलाई प्रभावित स्थानको तापमानका आधारमा तिनको प्रसार हेरिएको थियो । 

अध्ययनमा भाइरसको मूल्याकंनबाट कोरोनाभाइरस सबैभन्दा बढी ८.७२ डिग्री सेल्सियसमा विस्तार भएको देखियो । त्यसभन्दा बढी तापक्रममा भाइरसको विस्तार कम भएको अध्ययनले बताएको छ । 

तर विश्व स्वास्थ्य संगठनले भने तापमान वृद्धि हुँदा भाइरस स्वतः कमजोर हुन्छ भनेर पक्का गर्नु खतरनाक हुन सक्ने तथ्यमा सतर्क गराएको छ । 

‘पूर्ण रुपमा प्रमाण नभेटिएकाले कोरोनभाइरस फ्लूजस्तै गर्मीमा स्वतः हराउँछ भन्ने सोच्नु झुटो आशा मात्र हुनसक्छ ,’ विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक माइक ¥यानले भने । 

संगठनले भाइरस नियन्त्रण नभएसम्म सुझाईएका कदम कार्यन्वयन गर्न आह्वान गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप