आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकामा अज्ञात व्यक्तिद्वारा गोली चलाउँदा ६ जनाको मृत्यु, ७ घाइते

आइतबार, २५ फागुन २०७६, २२ : ४५
आइतबार, २५ फागुन २०७६

एजेन्सी । दक्षिण अफ्रिकाको केप टाउनस्थित एक वस्तीमा अपरिचित व्यक्तिले गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूको घटनास्थलमा नै मृत्यु भएको थियो भने आक्रमणबाट अन्य सात जना सख्त घाइते भएका बताइएको छ ।

‘खाउलित्सा नगरमा गोली चल्दा ६ जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएका छन्,’ प्रहरी प्रवक्ता नोभेला पोटेल्वाले बताए । गोली हान्ने व्यक्ति आक्रमणपछि भागेको र उसको परिचय खुलिनसकेको उनले बताए । घाइते सबैजनालाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये एक ६ वर्षकी बालिका रहेकी छन् ।
 
घटनापछि प्रहरीले आक्रमणकारीलाई नियन्त्रणका लागि पिछा गरे पनि उ उम्कन सफल भएको बताइएको छ । घटनाको समाचार तयार पार्दासम्म कसैले जिम्मेवारी लिएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप