आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बिदामा ग्याँस आयात गरिने, साल्ट ट्रेडिङसँग १० महिनालाई पुग्ने मौज्दात

सोमबार, २६ फागुन २०७६, ०७ : २७
सोमबार, २६ फागुन २०७६

अहिले कोरोना भाइरसको जोखिमले राजधानीलगायत मुलुकभरका उपभोक्ता रित्तो सिलिन्डर भर्न लाइनमा बस्न थालेपछि नेपाल आयल निगमले होलीको बिदामा पनि ग्याँस आयात गर्ने भएको छ । 

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले काठमाडौं उपत्यकालगायतमा उपभोक्ताको मागलाई पूरा गरी उपभोक्तामा रहेको आवश्यक बेलामा नपाइनसक्ने त्रास चिर्न होलीको बिदाको दिन पनि ग्याँस आयात गर्न लागिएको हो । 

अहिलेको बजारमा देखिएको कृत्रिम अभाव चिर्नकै लागि सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि नुनलगायत अत्यावश्यक बस्तु आगामी १० महिनासम्म पुग्ने प्रयाप्त मौज्दात रहेको बताएको छ । यो समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप