मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोना कहरः गलत हल्लाले २७ जनाको ज्यानै लियो

सोमबार, २६ फागुन २०७६, २३ : १९
सोमबार, २६ फागुन २०७६

कोरोनाभाइरसका बारेमा फैलिएको गलत हल्लालाई विश्वास गर्दा इरानमा २७ जनाले ज्यान गुमाएका छन् ।

यतिखेर इरानमा कोरोनाभाइरसको संक्रमण खतरनाक ढंगले फैलिँदै गइरहेको छ । यसै सिलसिलामा त्यहाँ रक्सीको सेवन गर्दा कोरोनाभाइरसको संक्रमणले नभेट्ने र निको पनि हुने गलत हल्ला पनि डरलाग्दो गरी फैलिरहेको छ । त्यही हल्लाको विश्वास गरेर इरानमा गैरकानूनी रुपमा बनाइएको रक्सी पिउँदा मेथानोल विषको असर भएर त्यतिका मानिसहरु मरेका हुन् ।

इरानको खुजेस्तानको राजधानी अहभाजस्थित जन्डिसापुर मेडिकल युनिभर्सिटीका प्रवक्ताले जानकारी दिए अनुसार सोही कारण विरामी भएका २१८ जनालाई अस्पतालमा भर्ना समेत गरिएको छ । उनका अनुसार, तिनीहरु ‘कोरोनाको उपचारमा रक्सीको सेवन प्रभावकारी हुने’ हल्लाका कारण रक्सी सेवन गर्दा उक्त घटना भएको हो ।

इरानमा रक्सीको सेवन निषेध छ । अल्पसंख्यकका रुपमा रहेका केही गैर मुस्लिम समुदायका मानिसहरुलाई मात्रै रक्सी सेवन गर्ने छुट छ ।

Title Photo: https://brobible.files.wordpress.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप