मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चीनका कोरोनाभाइरस संक्रमितमध्ये ७० प्रतिशत निको भएर घर फर्किए : विश्व स्वास्थ्य संगठन

मङ्गलबार, २७ फागुन २०७६, १२ : १६
मङ्गलबार, २७ फागुन २०७६

एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा कोरोनाभाइरसबाट संक्रमित भएका ८० हजार विरामीमध्ये ७० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससका अनुसार अत्यधिक कोरोनाभाइरस प्रभावित देशमध्ये चीन अहिले प्रकोप नियन्त्रणको मार्गमा अघि बढिरहेको छ ।

टेड्रोसले निर्णायक र शिघ्र कदमबाट कोरोनाभाइरसको संक्रमण घट्ने बताए ।

‘जुन देशले कोरोनाभाइरसका नयाँ संक्रमितको पहिचान गर्न र तिनको सम्पर्कमा आएका व्यक्तिको पहिल्याए प्रयास गरेका छन् तिनले विश्वलाई नै योगदान पु¥याउनेछन्,’ टेड्रोसले भने ।

उनले विश्वका सबै देशलाई वृहद समन्वयातत्मक रणनीतिमार्फत प्रकोप नियन्त्रणको प्रयास थाल्न आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप