मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस रोकथामबारे उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै

मङ्गलबार, २७ फागुन २०७६, १२ : २७
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं । नोभलकोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले बनाएको उच्चस्तरीय समन्वय समितिले छलफल गर्दैछ ।

 प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले स्वास्थ्य मन्त्रालयका पदाधिकारी, चिकित्सक, उद्योगीलगायत सम्वद्ध पक्षसँग छलफल गर्दैछन् । दिउँँसो १ बजे हुने छलफलमा कोरोना भाइरस रोकथामका लागि हालसम्म चालिएका कदम, भइरहेको काम र आगामी रणनीतिका बारेमा छलफल गर्ने मन्त्री पोखरेलको सचिवालयले जनाएको छ । 

विश्वमा द्रूतगतिमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि सरकारले उपप्रधानमन्त्री पोखरेल संयोजक रहने गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय समिति बनाएको थियो । आजको बैठकपछि समितिले थप रणनीति बनाउने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप