मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

क्वारेन्टाइनमा बसेका अमेरिकी सांसद ट्रम्पसँगै विमानमा उडेको खुलासा

मङ्गलबार, २७ फागुन २०७६, १२ : ३३
मङ्गलबार, २७ फागुन २०७६

एजेन्सी । कोरोनाभाइरस संक्रमित व्यक्तिको सम्पर्कमा आएको भन्दै क्वारेन्टाइनमा बसेका दुई रिपब्लिकन कंग्रेस सदस्य(सांसद) उही समय ट्रम्पको पनि सम्पर्कमा पुगेको बताइएको छ ।

फ्लोरिडाका रिपब्लिकन सांसद म्याट गेट्ज र जर्जियाका डग कोलिन्सले सोमबारबाट दुई हप्ते क्वारेन्टाइन सुरु गर्ने निर्णय गरेका छन् । 

अमेरिकाको संघीय रोग नियन्त्रण तथा रोकथाम निकायले भाइरस प्रभावित भनेर पुष्टि भएका व्यक्तिको सम्पर्कमा पुगेका सबैलाई घरमै क्वारेन्टाइनमा बस्न सिफारिस गरेको छ । दुवै कंग्रेससदस्यले आफूमा रोगको लक्षण भने नदेखिएको बताएका छन् ।

गेट्ज सोमबार ओरलाण्डोदेखि वाशिन्टनसम्म अमेरिकी राष्ट्रपतिले चढ्ने विशेष विमान एयर फोर्स वनमा उडेका थिए । सोही यात्राको कुनै विन्दूमा उनी संक्रमित भएको सम्पर्कमा आएको जानकारी दिइएको थियो ।

‘गेट्जमा कुनै लक्षण देखिएको छैन । उनले आज परिक्षण गराएका छन् र त्यसको परिणाम छिट्टै आउने आशा गरिएको छ,’ गेट्जको आधिकारिक ट्वीटर एकाउन्टमा प्रकाशित एक सन्देशमा लेखिएको छ ।

शुक्रबारनै कोलिन्सले ट्रम्पलाई हात मिलाएर एट्लान्टा विमानस्थलमा स्वागत गरेका थिए । त्यसको केहीपछि मात्र कोलिन्सले उनी कन्जरभेटिभ सम्मेलनमा संक्रमितसँग नजिकिएको जानकारी गराइएको थियो ।

ट्रम्पविरुद्धको महाअभियोग सुनुवाइमा गेट्ज र कोलिन्स उनका सबैभन्दा ठूला समर्थक देखिएका थिए ।

स्वास्थ्य विज्ञले कोरोनाभाइरस अमेरिकामा तीव्र रुपमा फैलिने आशा गरेका छन् । त्यसैले तिनले रोगबाट बढी ग्रसित हुने वृद्ध तथा अन्य रोग भएका जनसंख्यालाई सकेसम्म घरबाट बाहिर ननिस्कन प्रोत्साहित गरेका छन् ।

अमेरिकामा कोरोनाभाइरसका कारण दर्जनौँको मृत्यु भइसकेको छ भने सयौं संक्रमित भएका छन् । त्यसको बावजुद, त्यहाँ परिक्षण दर भने निक्कै कम छ ।

धेरै सङ्गठनले कोरोना–भाइरस संक्रमण विस्तार रोक्न एक अर्कासँग सम्पर्क कम गर्न मार्गनिर्देशन जारी गरिसक्दा ह्वाइट हाउसले भने त्यसो गर्न अस्वीकार गर्दै आएको छ ।

ट्रम्पले अमेरिकामा कोरोनाभाइरस ‘नियन्त्रण’मा रहेको तर मिडिया र विपक्षी डेमाक्रेट्सहरुले आफूविरुद्ध नकारात्मक हल्ला फैलाउन भाइरसबारे डरको माहोल सिर्जना गरेको आरोप लगाउँदै आएका छन् ।

सोमबार एक पत्रकार भेलामा एक रिपोर्टरले ट्रम्पलाई उनले भाइरस परीक्षण गरेको नगरेको प्रश्न गरेका थिए । ट्रम्पले उक्त प्रश्नको जवाफ दिएका थिएनन् ।

गेट्ज र कोलिन्सजस्तै अर्का राजनीतज्ञ कंग्रेससदस्य टेड क्रुज पनि अहिले घरमा क्वारेन्टाइनमा छन् । उनले पनि सोही सम्मेलनमा उही संक्रमित व्यक्तिसँग भेटेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप