रौतहटबाट पेस्तोलसहित २ जना पक्राउ
मङ्गलबार, २७ फागुन २०७६, १२ : ४२
रौतहट । रौतहटको गढीमाई नगरपालिका ६ स्थित बागमती नदी पुलछेउबाट अवैध पेस्तोल सहित २ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको गस्ती टोलीले चेकजाँचका क्रममा हतियारसहित दुबैजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सर्लाहीकोधन्कौल गाउँपालिका ६ छोटौल बैरिया राजेश महरा र सोही ठाउँका जयनरायण महरा चमार रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञान कुमार महतोले जानकारी दिए ।
उनीहरुको साथबाट एकथान कटुवा पेस्तोल र सोमा लाग्ने तीनथान गोलि समेत बरामद भएको डिएसपी महतोले बताए ।
उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।