बारामा लागुऔषधसहित २ जना पक्राउ
मङ्गलबार, २७ फागुन २०७६, १३ : ३४
काठमाडौं । बारमा लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका १५ बस्ने ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारत बिहारका २२ वर्षीय नासिर आलम रहेका छन् ।
उनीहरुको साथबाट डाइजेपाम ३ सय पिस, नुफिन ३ सय पिस, फेनागन ३ सय पिस गरी जम्मा ९ सय पिस लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका २ जनमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।