मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालयमा छलफल

मङ्गलबार, २७ फागुन २०७६, १४ : १९
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं । सरकारले गठन गरेको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले छलफल गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको समितिले औषधि एवम् अन्य अत्यावश्यक वस्तुहरुको नियमित आपूर्ति व्यवस्थाका लागि सरोकारवाला पक्षसँग छल्फल गरेको हो । 

छलफलमा नेपाल औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रराज श्रेष्ठले औषधिमा कालोबजारी नहुने स्पष्ट पारे ।

 उनले कोरोनाको भ्रम र त्रासले गर्दा सुरुवातका दिनमा मधुमेह लगायको औषधि बढी खपत गरेपनि अन्य औषधि अभावको अवस्था नरहेको बताए । 

छलफलमा औषधि उद्योगीले ६ महिनाका लागि औषधिको माग पूरा गर्न सक्ने भएपनि औषधि आपूर्तिको व्यवस्था गर्न आग्रह गरेका थिए । 

बैठकमा स्वास्थमन्त्री भानुभक्त ढकाल, पर्यटन मन्त्री योगेश भट्टराई, उद्योग मन्त्री लेखराज भट्ट, उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा लगायत सहभागी छन् । छलफल चलिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप