आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सीपी मैनाली दुर्घटना प्रकरण : सीआईवीले छानविन गर्ने

मङ्गलबार, २७ फागुन २०७६, १४ : ५२
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं । नेकपा (माले)ले  महासचिव सीपी मैनालीको कार दुर्घटना सम्बन्धी छानविन र अनुसन्धान प्रहरीको सिआईवीले गर्नुपर्ने माग गरेको छ । 

मालेको प्रतिनिधिमण्डलले मंगलबार उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामवहादुर थापालाई सिंहदरवारमा छुट्टाछुट्टै भेट गरी यस्तो माग गरेको हो ।

२०७६ फागुन १५ गते झापाबाट राजधानी फर्कने क्रममा महोत्तरी जिल्लाको बर्दिवासस्थित रातु नदी नजीक मैनाली दुर्घटनामा परेका थिए । मालेले उक्त दुर्घटना अस्वभाविक र नियोजित भएको भन्दै सीआईबीद्वारा छानविन गराई सत्यतथ्य जनतासमक्ष ल्याउन तथा दोषीलाई अविलम्ब कानुनी कार्यवाही गर्न माग गरेको हो । 

साथै सो पार्टीले दुर्घटनामा गम्भीर घाइते भएका मैनाली, परिवारका अन्य सदस्यहरु र कार चालकको उपचारका निम्ति काठमाडांै ल्याउन नेपाली सेनाको हेलिकोप्टर पठाएर सहयोग पु¥याईएकोमा नेपाल सरकारप्रति आभार प्रकट गरेको छ । 

प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्रीद्वयले महासचिव मैनालीको शीघ्र स्वास्थलाभको कामना गर्दै सीआईबीद्वारा घटनाको छानविन गराई चाँडै सत्यतथ्य जनता समक्ष ल्याउने प्रतिवद्धता जनाएको माले केन्द्रीय कार्यालयका सचिव महेन्द्र शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप