मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चीनसँग जोडिएको मंगोलियामा पहिलो कोरोनाभाइरस संक्रमितको पुष्टि

मङ्गलबार, २७ फागुन २०७६, १५ : ४९
मङ्गलबार, २७ फागुन २०७६

एजेन्सी । मंगोलियाले आफ्नो देशमा पहिलो कोरोनाभाइरस संक्रमित भेटिएको बताएको छ ।  

चीनको उत्तरी सिमानासँग जोडिएको मंगोलियाको समाचार एजेन्सी मोन्टसेमले मंगलबार घटनाको पहिलो पटक पुष्टि गरेको थियो ।  

संक्रमित व्यक्ति मस्कोबाट मंगोलियाको राजधानी उलानबटारमा जहाजमार्फत आएका फ्रेन्च नागरिक हुन् । ती व्यक्ति मार्च २ को दिन उलानबटार ओर्लिएका थिए । 

मंगोलियका स्वास्थ्य मन्त्री डी.सारान्गेरेलले ती फ्रेन्च नागरिकमा मार्च ७ मा कोरोनाभाइरसको लक्षण देखिन थालेको थियो र उसले १४ दिने क्वारेन्टाइनमा बस्ने सुझाव बेवास्ता गर्दै बाहिरतिर निष्किएका थिए । 

अहिले ती विरामीलाई डोर्नोगोवी प्रान्तमा आइसोलेसनमा राखिएको छ । उसको स्वास्थ्य अवस्था ‘तुलनात्मक स्थीर’ रहेको बताइएको छ । 

हाल प्रशासनले ती फ्रेन्च नागरिक सबार जहाजका बाँकी यात्रुलाई खोजी गरिरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप