मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा कोरोनाभाइरस संक्रमितको संख्या १०० पुग्यो

मङ्गलबार, २७ फागुन २०७६, १५ : ५४
मङ्गलबार, २७ फागुन २०७६

एजेन्सी । अस्ट्रेलियामा मंगलबार एकै दिन २० नयाँ कोरोनाभाइरस संक्रमित भेटिएसँगै देशभर संक्रमितको संख्या १०० पुगेको छ । स्वास्थ विभागले एक वक्तव्य जारी गरेर यसको सूचना दिएको हो । 

पहिचान भएका संक्रमितमध्ये २२ जना उपचार भएर निको भएका छन् भने तीनको मृत्यु भएको छ । 

अष्ट्रेलियाको कुल संक्रमणमा दश संक्रमित र एक मृत्यु भने डाइमण्ड प्रिन्सेससँग सम्बन्धित छन् । 

राज्यस्तरमा अष्ट्रेलियाको संक्रमणको अवस्था यस्तो छः
५४ संक्रमित न्यु साउथ वेल्समा
१२ संक्रमित क्वीन्सल्याण्डमा
६ संक्रमित साउथ अष्ट्रेलियामा
२ संक्रमित तास्मानियामा
१२ संक्रमित भिक्टोरियामा
४ संक्रमित वेस्टर्न अष्ट्रेलियामा
१० संक्रमित डायमण्ड प्रिन्सेस क्रुज जहाजमा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप