सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अब प्रधानमन्त्रीलाई डिस्चार्ज गर्दा हुन्छ :  चिकित्सक

मङ्गलबार, २७ फागुन २०७६, १६ : ३६
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।   

साथै मिर्गौला प्रत्यरोपणमा संलग्न चिकित्सकहरुले अव प्रधानमन्त्रीको डिस्चार्ज गर्दा पनि हुने जनाएका छन् । 

मंगलबार त्रिवि शिक्षण अस्पतालमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीका निजी चिकित्सक समेत रहेकी डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएकाले अबको केही दिनमा अस्पतालले डिस्चार्ज गर्नसक्ने बताइन् । 

‘डिस्चार्ज गर्दा पनि हुन्छ । प्रधानमन्त्रीज्यू पनि घर जान चाहानुहुन्छ । तर घरमा पनि केही तयारी गर्नुपर्ने भएकाले हतारमा डिस्चार्ज नगरिएको मात्रै हो’, डाक्टर शाहको भनाइ छ । ‘यसै दिन डिस्चार्ज गरिन्छ भनेर अहिले मिति नै तोक्नु उपयुक्त हुँदैन । तर स्वास्थ्य अवस्था हेर्दा केही दिनभित्र डिस्चार्ज गर्न सकिन्छ । यद्यपी जोखिमको खतरा धेरै हुने भएकाले धेरै केयर गर्न जरुरी छ’ शाहले जानकारी दिइन् । 

पहिलो पटक १२ बर्ष अघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको गत बुधबार त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप