आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार, २८ फागुन २०७६, ११ : ४९
बुधबार, २८ फागुन २०७६

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार मंगलबार तोलामा ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु ४०० घटेर तोलामा ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन बुधबार तोलामा ८२ हजार रुपैयाँमा कारोबार भएको छ।  

यस्तै चाँदी ८८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ।  बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप