सिद्धार्थ बैंकको नयाँ शाखा गोरुसिङेमा
बुधबार, २८ फागुन २०७६, १९ : ३७
कपिलवस्तु– सिद्धार्थ बैंकले २०७६ फाल्गुन २८ गते बुधबार कपिलवस्तुको गोरुसिङेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८३ (३ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ ।