बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

किसानलाई प्रतिअन्डा तीन रुपैयाँ घाटा

बिहीबार, २९ फागुन २०७६, ०७ : १४
बिहीबार, २९ फागुन २०७६

पशुसेवा विभागले अन्डा उत्पादक किसान नोक्सानमा रहेको जनाएको छ । सो विभागको पहलमा पाँच महिना लगाएर अन्डा उत्पादन किसानको उत्पादन लागत मूल्य र बजारीकरण अवस्था अध्ययन गर्दा यस्तो पाइएको हो । 

अन्डा उत्पादनको लागत मूल्य तथा बजारीकरणसम्बन्धी देशका सातवटै प्रदेशका साना, मध्यम र ठूला व्यावसायिक कुखुरा फार्मको अध्ययन गर्दा अन्डा उत्पादक किसानलाई प्रतिअन्डा झन्डै तीन रुपैयाँ नोक्सान भएको उल्लेख गरिएको छ । 

अध्ययन अनुसार अन्डाको ‘फार्म गेट’ मूल्य आठ रुपैयाँ ६७ पैसा थियो भने अन्डाको अन्डा उत्पादन लागत ११ रुपैयाँ ५३ पैसा थियो । अन्डाको फार्म गेट मूल्य र उत्पादन लागत मूल्यको विश्लेषण गर्दा प्रतिअन्डा किसानलाई दुई रुपैयाँ ८६ पैसा नोक्सान भएको देखिन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीमा शर्माले लेखेकी छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप