सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमानः मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

बिहीबार, २९ फागुन २०७६, ०८ : ३७
बिहीबार, २९ फागुन २०७६

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।

साथै, हाल देशको पश्चिमी भू–भागमा सामान्य बदली र अन्य पहाडी भेगमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू–भागका थोरै स्थानहरुमा दिउसो र साँझपख मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

पूर्वानुमानका अनुसार देशका पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली रहनेछ। पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप