मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नाडा अटो शोमा नयाँ स्कोडा सुपर्ब

मङ्गलबार, १३ भदौ २०७४, १७ : ११
मङ्गलबार, १३ भदौ २०७४

काठमाडौं– नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले आफ्नो निकै सफल र रुचाइएको मोडेल सुपर्बको तेस्रो पुस्तालाई १४ नाडा अटो सोमा सार्वजनिक गरेको छ । एमएडब्लुले नाडा अटो सोमबा २००० सीसी भएको स्कोडा सुपर्बको ‘स्टाइल’ भेरियन्टलाई प्रदर्शनीमा राखेको हो । 

निकै स्पेसियस, नविनतम सुरक्षा प्रणाली, आरामदायी फिचर, पावरफुल इन्जिन र ‘सिम्प्ली क्लेभर’ सुविधाले भरिएको सुपर्बले एक पटक फेरि आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ । स्कोडाको नयाँ कार ‘स्पेसियसनेस र प्राक्टिकेबिलिटी’ जस्ता ब्रान्डको मुख्य विशेषताले पूर्ण छ । नयाँ स्कोडा कारमा २.० टिडीआई÷१३२ किलोवाट (१७७ पीएस)को इन्जिन रहेको छ ।

सुपर्बको तेस्रो पुस्ता हालसम्मकै शक्तिशाली भए पनि अत्याधुनिक इन्जिन र सुध्रित एरोडाइनामिक्सका कारण यसको फ्युल इफिसेन्सी ३० प्रतिशतले बढी रहेको छ । स्कोडा सुपर्ब क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, म्याग्नेटिक ब्राउन र बिजनेस ग्रे गरी चार रंगमा उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य एक करोड १६ लाख तय गरिएको छ । 

‘नयाँ सुपर्ब बार स्कोडा ब्रान्ड डिजाइन र इन्जिनियरिङमा निपुण छ भन्ने तथ्यको बलियो प्रमाण हो, ग्राहकले यसमा अतुलनीय प्रविधि, र अद्वितीय सुरक्षा व्यवस्था र आरामदायी सुविधाको अनुभव गर्न पाउनुहुनेछ,’ स्कोडा एमएडब्लुका चिफ जेनेरल म्यानेजर सुरज मानन्धर भने, ‘हाम्रा ग्राहकको विश्वास हाम्रो सबैभन्दा बलियो आधार हो, नयाँ सुपर्बले यो विश्वासलाई अझ मजबुत बनाउनेमा हामी विश्वस्त छौं ।’

स्कोडा एमएडब्लुले सुपर्बमा चार वर्षको अवधि वा एक लाख किलोमिटरसम्म वारेन्टी दिने घोषणाा समेत गरेको छ । यो कारले एनडीटिभी कार अफ द इयर २०१७, प्रिमियम सेडान अफ द इयर २०१७, अटो एक्सप्रेस फेमिलिकार अफ द इयर २०१७, एक्जेक्युटिभ सेडान अफ द इयर २०१७ जस्ता प्रतिष्ठित पुरस्कार जितिसकेको छ । 

सुपर्बको इन्टेरियर र एक्सटेयरियरमा क्रिस्टलाइन डिजाइन ल्याङवेजलाई पछ्याएको छ । यसको बडी म्याकफर्सन फ्रन्ट स्टर्ट र मल्टी–लिंक एक्सलमा निर्माण गरिएको छ जसले चुनौतीपूर्ण अवस्थामा पनि सन्तुलनलाई ग्यारेन्टी गर्ने कम्पनीको दादी छ । नयाँ सुपर्बमा मल्टि–कोलिन ब्रेकसहितको इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, इलेक्ट्रिोनिक टायर प्रेसर मोनिटरिङ, आठ वटा एयर ब्याग, फास्टेनिङ एलर्ट जडान भएको पाँच वटा थ्रि–प्वाइन्ट सिट बल्ट, इलेक्ट्रिोनिक डिफेरेन्सियल लक सुविधा भएको एक्सडीए प्लस जस्ता सुरक्षा व्यवस्था राखिएका छन । 

साथै यसमा नविनतम लाइटिङ सिस्टम, बएएफएस फंक्सन र लि डेलाइट रनिङ लाइट भएको बाइ–जेनन ल्याम्प पनि रहेको छ । जसले रातिको समयमा गाडी चलाउन निकै सहज पार्ने जनाइएको छ । यसमा सेग्मेन्टकै सबैभन्दा ठूलो बुट (६२५ लिटर) रहेको छ । साथै, यसमा इनबिल्ट रियर भ्यु क्यामेरा मात्र होइन पुरानो शैलीको ह्यान्ड ब्रेकलाई हटाएर अटोमेटिक इलेक्ट्रोमेकानिकल पाकिङ बै्रक जडान गरिएको पनि कम्पनीले जनाएको छ । 

नयाँ स्कोडा सुपर्बमा थ्रि जोन एयर कन्डिसनिङ छ । जसले कारभित्र एकै नासको तापक्रम कायम गर्ने जनाइएको छ । यो कारमा इलेक्ट्रिोनिक पनोरमिक ग्लास रुफ, अक्जिलरी हिटिङ, वायरलेस हिटेड विन्ड स्क्रिन, हिटेड वासर जेट जस्ता फिचर पनि रहेका छन् । साथै, ड्राइभिङ कम्फोर्टको लागि यो गाडीमा रेन÷लाइट सेन्सर वाइपर राखिएको छ । 

मोबाइल फोनलाई मिरर लिंक÷एप्पल कारप्ले वा एन्ड्रोइड अटोमार्फत कारको सिस्टममा जोड्न सकिने पनि कम्पनीले जनाएको छ । यसमा ६.५ इन्चको टच स्क्रिन समेत रहेको छ । स्कोडाको नयाँ कारमा यात्रालाई आरामदायी बनाउन २९ वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएको जनाइएको  छ । पछाडिको सिटमा ट्याब्लेट होल्डर, अगाडि जम्बो बक्स, युएसबी पोर्ट र २३० भोल्टको सकेट पनि रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप