मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भवन ढल्दा चीनमा क्वारेन्टाइन बसेका २९ को मृत्यु

बिहीबार, २९ फागुन २०७६, १३ : ३०
बिहीबार, २९ फागुन २०७६

अघिल्लो हप्ता चीनको दक्षिणपूर्वी भागमा एक क्वारेन्टाइन होटल ढलेको थियो । त्यसमा चेपिएर २९ को मृत्यु भएको अधिकारीले जनाएका छन् । 

होटलका रुपमा प्रयोग भइरहेको भवनलाई कोरानाभाइरस संक्रमितको आशंका भएका व्यक्ति लागि क्वारेन्टाइन राख्न प्रयोग गरिएको थियो । 

शनिबार भवन ढल्दा त्यसभित्र ८० मानिस थिए । नौ व्यक्ति तत्कालै उम्कन सफल भएका थिए भने ७१ मानिस भग्नावशेषमा पुरिएका थिए । 

पाँच दिने उद्दार अभियानका क्रममा सम्पूर्ण ७१ जनाको पहिचान भएको सरकारी मिडियाले बताएका छन् । 

भवन लड्दा, भवनमा रहेका ८० मध्ये ५८ व्यक्ति संक्रमणको आशंकामा क्वारेन्टाइमा बसिरहेका थिए । तथापि ती सबैको परीक्षणका क्रममा कोरोनभाइरस नेगेटिभ देखिएका थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप