मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चीन भन्छ : कोभिड– १९ महामारीकाे उत्कर्ष सकियाे !

बिहीबार, २९ फागुन २०७६, १५ : ५६
बिहीबार, २९ फागुन २०७६

चीनमा नोबल कोरोनाभाइरस रोग (कोभिड–१९) महामारीको उत्कर्ष सकिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बताएका छन् ।

अर्थात् अब चीनमा कोभिड–१९ को महामारी ओरोलो लाग्न थालेको छ ।

फेङले बेइजिङमा बिहीबार आयोजत पत्रकार सम्मेलनमा बताएअनुसार, अहिले चीनमा संक्रतिको संख्या घट्दै गइरहेको छ र समग्रमा महामारीको अवस्था न्यून रहेको छ ।

नोबोल कोरोनाभाइरसको केन्द्रबिन्दू हुवेई प्रान्तको ऊहानमा नै संक्रमितको संख्या १ अंकमा झरेको र गत बुधबार आठ जनामा मात्रै संक्रमण देखिएको पनि उनले बताए ।

हुवेई बाहिर पनि चीनको मुख्य भूमिमा सात जनामा मात्रै नयाँ संक्रमण देखिएको थियो । संक्रमितमध्ये पनि सात जना त विदेशयात्राबाट आएकाहरु थिए ।

Source and Title Photo: http://www.xinhuanet.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप