मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भारतमा कोरोनाबाट ७३ जना संक्रमित, ३० हजार मानिस निगरानीमा

बिहीबार, २९ फागुन २०७६, १६ : २४
बिहीबार, २९ फागुन २०७६

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ७३ जना पुगेको छ । 

भारतका केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले संसदलाई दिएको जानकारीअनुसार कोरोनाको रोकथामका लागि केन्द्र सरकारले राज्य सरकारहरुसँग लगातार सम्पर्क गरिरहेको छ ।

उनले सांसदहरुलाई समेत कोरोना संक्रमणका बारेमा जागरुकता फैलाउन आग्रह गरे ।

विदेशबाट भारतमा आउने सबै मानिसलाई थर्मल स्क्रिनिङ्ग गर्न थालिएको जानकारी दिदैँ उनले संक्रमण पत्ता लगाउन थर्मल स्क्रिनिङ्गमात्र पनि पर्याप्त भने नहुने बताए ।

उनले ३० हजार नागरिकलाई निगरानीमा राखिएको जानकारीसमेत दिए । कोरोनाको परीक्षण जुनसूकै ल्याबमा हुन नसक्ने भएकाले देशभर थप १५ वटा ल्याब स्थापना गरी नमूना परीक्षण भइरहेको उनको भनाइ थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप