आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार विरोधी अभियानमा रमेश खरेल :  ‘अब त अति भयो, हामी आयौं’ (भिडियो सहित)

बिहीबार, २९ फागुन २०७६, १६ : ४४
बिहीबार, २९ फागुन २०७६

काठमाडौं । पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलको संयोजकत्वमा ‘हाम्रो नेपाल, सुशासन अभियान’ सुरु भएको छ ।

बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा एक कार्यक्रममा बीच उक्त अभियान सुरु गरिएको हो ।

अभियानका संयोजक खरेलले राज्य संयन्त्रका सबै नेतृत्वले जनतालाई धोका दिएपछि आफूहरुले सुशासन अभियानमा उत्रिनु परेको बताए ।  

उनले भने, ‘संविधान र कानुनमा लेखिएका कुरा कहाँ लागू भएको छ ? यहाँ धनीलाई चैन र गरिबलाई ऐन बनेको छ । देशमा पटक पटक परिवर्तन भयो । तर परिवर्तनले ल्याएको उपलब्धि कार्यान्वय गर्ने व्यक्ति पाएनौँ । राज्य सयन्त्रका सबै नेतृत्वले धोका दिए । हामीले न्याय पाएनौँ ।’ देशमा राजनीति नभएर काण्डनीति भएको उनको आरोप थियो । खरेलले भने, ‘म कसैप्रति पनि आक्षेप लगाउँदिनँ । पछिल्लो अवस्था हेर्दा देशमा राजनीति होइन काण्डनीति भएको छ ।’

सबैले जिम्मेवारी लिँदा खाएको सथप अनुसार काम खाए देशको अवस्था यस्तो नहुने खरेलको भनाइ थियो । 

उनले भने, ‘संस्थागत भ्रष्टाचार, नातावाद र भागबण्डा नभएको भए आज हामी यो अभियान लिएर आउने थिएनौँ । अब त अति भयो, हामी आयौँ ।’

बहुसंख्यक व्यक्तिलाई भ्रष्टाचार नगरे निद्रा पनि नलाग्ने उनको दाबी छ । ‘बहुसंख्यक व्यक्तिलाई भ्रष्टाचार नगरे निन्द्रा लाग्दैन,’ चेतावनी दिँदै खरेलले भने, ‘ अब तपाईँ सचेत हुनुहोस् । तपाईंलाई सुर्धिन हाम्रो आग्रह छ ।’ व्यक्तिगत आशा र लोभ भएकाहरुलाई अभियानमा नजोडिन उनले आग्रह पनि गरे ।

देशको सीमा मिचिँदा पनि कोही नबोलेको उनको बुझाइ छ । ‘देशको सीमा मिचियो । कोही बोल्दैन । बोले पनि त्यसको निरन्तता देखिँदैन,’ खरेलले भने, ‘देश अपराधिको ट्रान्जिट पोइन्ट बन्दैछ ।’यस्तै अभियानका परिकल्पनाकार तथा पूर्वसचिव देवेन्द्र सिटौलाले  भ्रष्ट र अक्षमबाट देश चलेको दावी गर्दै यसबाट पीडा बोध भएको बताए । 

उनले भने, ‘देशमा रोजगारी छैन । राजनीतिक बहस मात्र छ । यो देशमा कहिले विहानी भएन । घडीको सुइ पनि उल्टो दिशातिर घुम्यो । भ्रष्ट र असक्षमबाट शासित हुँदा पीडा बोध भएको छ ।’
 देश समृद्ध बन्न नेता, नीति र नियत मुख्य कुरा भएको उनले बताए ।

आफूले कर्मचारी भएर सिंहदरबारको कुरा बुझेको भन्दै देश मांशपेसी र रगत बिनाको अस्थिपञ्जर जस्तो बनेको सिटौलाले बताए ।

आफूहरुको उद्देश्य जनतालाई सचेत बनाउने र सरकारलाई दबाब दिने रहेको उनले बताए । 

 उक्त अभियान लिएर आफूहरु ६ महिनाभित्र ७७ वटा जिल्लामा निस्कने उनीहरुले बताए । सबैको सुझावपछि मात्र अभियानको स्वरुप बदल्ने भन्ने उनीहरुको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप